आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

काटियो एक दिनको सार्वजनिक बिदा, काठमाडौँका आजै कार्यालयहरु खुल्ने

२०८२ आश्विन २०, सोमबार मा प्रकाशित ( २ हफ्ता अघि) २८५३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- २० असोज ।

अविरल भारी वर्षाको कारण असोज १९ र २० गते सरकारले दिएको काठमाडौँ र ललितपुरमा एकदिनको विदा काटिएको छ ।

जस अनुसार आजैदेखी सरकारी कार्यालय खुल्ने भएका छन्। असोज १७ गतेदेखी भएको भारी वर्षाले बढाएको जोखिमका कारण सरकारले जनधनको क्षति नहोस् भनेर सतर्कता अपनाउँदै दिएको दुई दिनमध्येको बिदा एक दिन कटौती भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार सबै कार्यालय खोल्ने र सेवा सहज बनाउने उल्लेख छ।

लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति असोज १९ र २० गतेका लागी (दुई)दिन सार्वजनिक विदा भनिएको थियो ।

हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा आज मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि सरकारी तथा सवै कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु खुल्ने भएको हुन् ।

यससंगै संघ संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ । मौसममा खराबी आएसँगै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस