आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

मौसममा केही सुधार आएकोले हेटौँडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

२०८२ आश्विन २०, सोमबार मा प्रकाशित ( २ हफ्ता अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बागमती -२० असोज ।
अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएको छन् ।

दुई दिनको भारी वर्षाले सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेको छैन।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमाअवरुद्ध बनेको हो। यद्यपि उक्त क्षतिग्रस्त सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको छ।

पहिल्लो पटक कै बर्षाको कारण हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्डमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको थियो । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य तिब्रगतिमा भइरहेकोले उक्त सडकपनि छिट्टै सडक सन्चालनमा आउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस