आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

२०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ( ५ महिना अघि) ५४२६ पटक पढिएको
नारी बाटिका


बागमतीमा -२१ असोज।

मकवानपुरको बागमतीमा विद्युतीय ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ आउँदै गरेको ईभी र मोटरसाइकल मंगलबार बिहान बागमती गाउँपालिका(४ झुरझुरेमा एक आपसमा ठोक्किका हुन्। सो दुर्घटनामा चालक र ईभीमा सवार १३ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा मधेश प्रदेश ००२(००१ ज ००७२ नम्बरको ईभी गाडी सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ आउँदै गर्दा ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसंग झुरझुरेमा ठोक्किएको हो। घाइतेहरूलाई बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी हेटौँडा अस्पताल पठाएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। घाइतेहरूको परिचय खुल्न पनि बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस