आज: २०८३ श्रावण २, शनिबार | Sat, 18, Jul, 2026

लामो समयपछी नेपाली बजारमा सुनको मुल्य घट्यो

२०८२ कार्तिक ९, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ५९८४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ९ कार्तिक ।

लामो समयपछी नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको हो।

यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो। यो मुल्य हालसम्मकै सबैभन्दा उच्च भएको थियो ।

साथै आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदीको मुल्य तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार हुने बताईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस