आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

सीआईबी र राष्ट्र बैंक सहितको टोलिले प्रभु बैंक केन्द्रीय कार्यालयमा छापा

२०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ( ६ दिन अघि) २६९८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२२ कार्तिक ।

राष्ट्र बैंक सहितको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलिले प्रभु बैंक केन्द्रीय कार्यालयमा छापा मारेको छ। शुक्रबार साँझ सीआईबी र राष्ट्र बैंकका संयुक्त टोलीले बिजुली बजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेको हो।

प्रभु बैंकको केन्द्रीय कार्यालयमा आर्थिक अपचलनमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि थप अनुसन्धानका लागि देशकै मुख्य केन्द्रीय कार्यलयमा छापा मारिएको सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पुष्टि गर्नु भयो।

प्रवक्ता श्रेष्ठका अनुसार केही महत्वपूर्ण फाइल र कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। राष्ट्र बैंक समेतको सहकार्यमा छानबिन सुरु भएको हो। प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगी भएको भनी दायर गरेको जाहेरीका आधारमा कात्तिक ११ गते भट्टचन ललितपुरबाट पक्राउ परेका हुन्।

सरकारी वकिल कार्यालयले गत वर्ष नै जिल्ला प्रहरी परिसरलाई अनुसन्धान गर्न भनेको थियो। तर सो को सुनुवाई नभएपछि उक्त प्रकरणमा सीआईबीले एक्सन अनुसन्धान अघि बढाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस