
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२३ कार्तिक ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न शिक्षक संघसंगठनलाई मान्यता नदिने भएको छ। आज(आइतबारं मन्त्रालयले सूचना जारी गर्दै शिक्षकहरु कुनै संघ संगठनमा आबद्ध रहेको पाइएमा तत्कालै कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो।
शिक्षकहरु विद्यालय र बालबालिकाको भविश्य भन्दापनि विभिन्न पार्टीमा आवद्ध भई काम गर्ने गरेकाले विद्यालयको शैक्षिक सुधारमा निकै वाधा परेको भन्ने सम्वन्धमा मन्त्रालयको आधिकारिक इमेल,टेलिफोन, हट्सएप लगायत विभिन्न सामाजिक संजालमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरूबाट पटक पटम गुनासाहरु आएका थिए ।
यस्तै श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन,२०४९ बमोजिम पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्न स्थापना भएका नेपाल शिक्षक महासंघ तथा नेपाल शिक्षक महासंघसँग आबद्धता लिएका पेशागत सङ्गठनहरू र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठनहरू पेशागत कर्तव्य, नैतिक दायित्व र पेशागत आचरण विपरीत राजनीतिक गतिविधिहरूमा संलग्न भएको भन्ने यसअघि पनि थुप्रै गुनासाहरु आउने गरेको बताइएको छ।
सोही कारणले शैक्षिक गुणस्तर खस्किँदै गएको भनी व्यापक जनगुनासो प्राप्त भएकाले यसमा गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ, कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन ।
यसका साथै राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदवाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारबाही हुने व्यवस्था छ,साथै, विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु,’सूचनामा भनिएको छ।
शिक्षा मन्त्री महावीर पुनले नै आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न चेतावनी दिएका छन्। 







प्रतिक्रिया दिनुहोस