आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती

२०८२ कार्तिक २६, बुधबार मा प्रकाशित ( ७ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददात

काठमाडौँ -२६ कार्तिक।

नेपाल वायु सेवा निगमले करार तथा मासिक ज्यालादारीका कर्मचारीहरुलाई कटौतीको कार्य सुरु गरेको छ।

विगतका सरकारले आ आफ्नै दलिय भागवण्डा गरी मिलायर भर्ति गरिएका करार तथा काममा सक्रिय नभएर सुविधा लिई रहेका कर्मचारीहरु तत्कालै हटाउन प्रमले दिएको निर्देशन अनुसार निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालनका आन्तरिक स्टेशनबाट हुने उडान सङ्ख्यालाई हेरी कर्मचारी कटौती गर्दै लाने नीति लिएको हो ।

निगममा हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मंगलबारदेखि नै लागू हुने गरी अन्त्य गरिएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए।

विगतदेखी नै त्यहाँ कार्यरत केही कर्मचारीहरुले विमानस्थलमा यात्रुहरुलाई ठग्ने,सामानहरु पनि चोरी गर्ने,कतिपय यात्रुका सामानहरु नै विमानस्थलबाटै गायव हुने जस्ता समस्याहरु पनि थिए । विभिन्न कारणले निगम पनि विवादमा पर्ने गरेको थियो ।

निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई बुझेर निगममलाई सरकारले यस्तो निर्देशन दिएको हो ।

निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्य सहित सुधारात्मक कदमको थालनीस्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको प्रवत्ता घिमिरेको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस