आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

त्रिविको जग्गा हडप्नेहरूलाई उन्मुक्त नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

२०८२ कार्तिक २६, बुधबार मा प्रकाशित ( ७ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२६ कार्तिक।

प्रधानमन्त्रीको कार्यलयले त्रिभुवन विश्वविद्यालयको जग्गा अपचलन गर्नेहरुलाई तत्कालै जग्गा फिर्ता गराउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग भएको छ ।

प्रधानमन्त्री सुशिला कार्कीले मङ्गलबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन र .सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा त्रिविका उपकुलपति प्रा.दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा.केदारप्रसाद रिजाललगायतसँग जानकारी लिनु भएको हो।

उक्त बैठकमा मुख्य सचिव एकनारायण अर्याल तथा जग्गा खोजबिन समितिका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियामा तिब्र रुपमा काम अघि बढाउन निर्देशन दिनु भयो ।

साथै प्रतिवेदन सार्वजनिक भएपछि के कति जग्गा फिर्ता आयो, फिर्ता ल्याउने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि के कस्तो कारबाही भयो भन्ने विषयमा जिज्ञासा राख्नु भएको थियो ।

त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकालाई हटाउन र अपचलनमा परेको जग्गाको लगत कायम गर्न सरकारको सहयोग आवश्यक रहेको बताएका थिए।

मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औंल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालयले आफैं गर्न सक्ने बताए। सबै कामका लागि सरकारले मात्र भर पर्नु नहुने उनको धारणा थियो।

प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बलका आधारमा मिचेर खाने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिनु भएको छ । साथै, दोषी जोसुकै भए पनि उनीहरुलाई कानुनी कठघरामा उभ्याउनु पर्ने उहाँको निर्देशन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस