आज: २०८२ कार्तिक २७, बिहिबार | Thu, 13, Nov, 2025

३५ उद्योगले तिरे ट्रंक लाइनको २३ करोड ८७ लाख महसुल बक्यौता

२०८२ कार्तिक २७, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२७ कार्तिक।
हालसम्म सकभर विजुली महशुल नतिर्नका लागी अनेकौ बहाना र सोर्स फोर्स लगाएर विगतका सरकारको सम्रक्षणमा बसेका उद्योगहरुले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन्।

जेनजी आन्दोलनपछी बनेको सरकारको विद्युत् प्राधिकरण प्रमुख तथा नेतृमा कुलमान घिसिङ आईसकेपछी सरकारको ताकितासंगै उनीहरुले वाध्य भएर बक्यौदा महशुल तिर्न अघि सरेका हुन् । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले यसअघि बक्यौता तिर्न थालिएको भएतापनि त्यसको निरन्तरता नदिएका १० उद्योगले हाल किस्ताबन्दीलाई निरन्तरता दिएका हुन्।

यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ। उनीहरुको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो। अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ।

यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस