आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

प्रहरी जवानद्वारा नै गोली हानी वडाध्यक्षको हत्या

२०८२ कार्तिक २९, शनिबार मा प्रकाशित ( २ महिना अघि) २३८८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

जनकपुरधाम -२९ कार्तिक।

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको प्रहरीद्वारा गोली प्रहार गरी हत्या भएको छ । वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन्।

उनीहरुबिचमा भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनु भयो । उक्त घटनामा अन्य केही व्यक्तिहरुसमेत घाइते भएका प्रहरीको भनाइ छ।

घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ।

गोली प्रहार गर्ने प्रहरी जवान यादव धनुषा प्रहरी कार्यलयमा कार्यरत रहेको बताइएको छ। प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान थालिएको बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस