आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

बढ्दो मधुमेह संक्रमण रोक्न काठमाडौँमा अन्ताराष्ट्रिय सम्मेलन

२०८२ मंसिर ६, शनिबार मा प्रकाशित ( २0 घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


तस्वीर -युनिसेफ

नारी वाटिका संवाददाता
काठमाडौँ- ६ मंसिर।

एशिया क्षेत्रमा मधुमेह जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै भएको हुँदा सचेत रहनुपर्ने अवस्था आएको विज्ञहरुले बताएका छन्।

इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलनमा आइडीएफका अध्यक्ष डा वंशी सबोले विश्वको अन्य देशमा साउथ इस्ट एशियाली देशमा मधुमेहका बिरामी बढ्दै गएकाले संयुक्त रूपमा गाइडलाइन्स बनाएर मधुमेह नियन्त्रण गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन्।

काठमाडौंमा आजदेखी भएको अन्ताराष्ट्रिय सम्मेलनका क्रममा बेल्दै अध्यक्ष डा.वंशी सबोले भने‚ ुसाउथ इस्ट एशियाली देशमा मधुमेह विश्वको अन्य देशमा भन्दा अलि बढी छ। त्यसैले साउथ इस्ट एशियाली देशलाई मधुमेहको राजधानी पनि भन्ने गरिन्छ यस्तो अवस्थामा मधुमेहको रोकथाम र नियन्त्रणका लागि संयुक्त रुपमा गाइडलाइन्स बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।

यस सम्मेलनले बिरामीको अवस्था तथा नयाँ नयाँ कुराको बारेमा जानकारी हुने र धेरै कुरा सिक्ने मौका मिल्छ। यसले हामीलाई बिरामीलाई सेवा दिन पनि धेरै सजिलो हुन्छ त्यसैले यो सम्मेलनको आयोजना गरिएको डा.वंशी सबोको भनाई छ ।

यस्तै उक्त सम्मेलनमा यो क्षेत्रका २०० भन्दा बढी विज्ञ तथा चिकित्सकहरु सहभागी रहेको र त्यसमध्ये ५० जना अन्ताराष्ट्रिय विज्ञहरू रहेको आयोजक समितिका सचिव डा सन्तोष शाक्यले जानकारी दिए।

साथै नेपालमा पनि प्रत्येक वर्ष मधुमेहका विरामी बढ्दै गएको र ७ जनामध्ये एकजना नेपालीमा मधुमेह हुने गरेको तथ्यांकले देखाएको छ।भावी रणनिति र रोकथामका उपायहरुमा छलफल गरी आगमी दिनमा यसको निराकरण गर्न सम्मेलनले उचित योजना बनायर अघि बढुन नसके नेपालमा पनि यस रोगले भयाभहको स्थिति लिन सक्ने विज्ञहरु बताउँछन् ।

सम्मेलनमा मधुमेह, मोटोपन, खानपान, मधुमेहले निम्त्याउने अन्य समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरिने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस