आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

जनस्वास्थ्य कार्यालय धादिङद्वारा पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम

२०८२ मंसिर ११, बिहिबार मा प्रकाशित ( २ महिना अघि) २९७७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ- ११ मंसिर ।

जनस्वास्थ्य कार्यालय धादिङले आमाको दूधलाई प्रतिस्थापन तथा महत्वको विषयम पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकारले आज भन्दा ३० वर्ष अगाडी तय गरेको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण)ऐन, २०४९ सम्वन्धि विषयमा पत्रकार तथा सरोकारवाहरुलाई अभिमुखीकरण गरी नवजात शिशुको लागी समुदायमा

आमाको दुधको महत्व र स्तनपानबाट बन्चित शिशुका लागी प्रतिस्थापन गर्न सकिने कानुनको कार्यन्वयनमा ल्याउन अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

यसका साथै स्वास्थ्य कार्यालय धादिङले आ.व. २०८१।०८२ मा सम्पन्न गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा बागमती प्रदेशभरिमा स्वास्थ्य कार्यालय धादिङ दोस्रो स्थान हासिल गर्न सफल भएको जानकारी दिएको थियो।

देशभरीका तथ्याङ्कको आधारमा मूल्यांकन गरिएको त्यस कार्यक्रममा धादिङको प्रदर्शन उल्लेखनीय देखिएकोले देशभरीबाट दोस्रो स्थान हाँशिल गर्न सफल भएको थियो ।

स्वास्थ्य कार्यालयले उक्त सफलतामा सहयोग पुर्‍याउने संघ संस्था,सरोकारवालाहरु,साथै जनप्रतिनिधि, साविकका कार्यालय प्रमुख, सञ्चारकर्मी लगायत सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेको छ।

धादिङले पछिल्ला वर्षहरूमा मातृस्वास्थ्य, रोग नियन्त्रण, स्वास्थ्य प्रवर्धन लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। यसपटक प्राप्त गरेको यो उपलब्धिलाई स्वास्थ्य क्षेत्रको निरन्तर प्रगतिको महत्वपूर्ण रूपमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस