आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस ९, एमाले ८ र लोसपालाई १ सिट भागवण्डा

२०८२ पौष २३, बुधबार मा प्रकाशित ( ४ हफ्ता अघि) २२३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२३ पुस ।

राष्ट्रिय सभा सदस्यको लागी हुन गैरहेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी गरी तिन दलको चुनावी तालमेल हुने भएको छ । तिनदलको तर्फबाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने गरी सिट भागवण्डामा सहमति गरेका हुन्।

बुधवार कांग्रेसको केन्द्रियमा बसेको कार्यसम्पादन समितिको बैठकले तीन राजनीतिक दलहरू मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा जाने निर्णय गरेको जानकारी दिए। जसमा नेपाली कांग्रेसलाई ९ सिट, एमालेलाई ८ र लोसपालाई १ सिट दिएर तालमेल गरेका छन् ।

बैठकमा सहभागी स्रोतका अनुसार नेपाली कांग्रेसले प्राप्त गरेको ९ सिटमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक कांग्रेसले लिएको छ। कांग्रेसको तर्फबाट अल्पसंख्यक उम्मेददवर रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवानलाई चुनिएको छ।

यस्तै बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती रहेका छन् ।

चुनावी तालमेलका लागी नेपाली कम्युनिष्ट पार्टीले धेरै कुरामा असहमति जनाएसंगै कांग्रेस र एमालेले तालमेल गरिएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस