आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

आयोगले ७६ जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटायो

२०८२ माघ २१, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ३९०७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२१ माघ ।

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूचीमा समावेश भएकामध्ये ७६ जनाको नाम हटाएको छ। सोमवार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ मा हुने निर्वाचनको समानुपातिक तर्फका ७६ जना उम्मेदवारहरूको विवरण बन्दसूचीबाट हटाइएको जानकारी दिएको हो ।

नाम हटाईकाहरुमध्य कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम भएका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना नतिरेका, पच्चिस वर्ष उमेर पूरा नभएकाहरु रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस