आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

सभापति देउवाले प्रत्यक्ष निर्वाचनमा टिकट हस्ताक्षरको अधिकार दिन तयार

२०८२ पौष ३०, बुधबार मा प्रकाशित ( १ महिना अघि) २८८४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३० पुस ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा पार्टी टिकट दिँदा आफ्ना सट्टा अर्कै नेतालाई हस्ताक्षर गर्ने कानुननी अधिकारसहितको अनुमति दिनु भएको छ ।

बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको छलफलमा उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो।

सभापति देउवाले आगमी वैशाखमा हुने पार्टीको १५औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने निश्चित भइसकेकाले हाल नेतृत्व परिवर्तनको विषय नउठाउन आग्रह गर्नु भएको छ । साथै उहाँले आफू पुनः अर्को पटक सभापतिको उम्मेदवार नबन्नेसमेत स्पष्ट पार्नु भएको हो।

सभापति देउवाले पार्टीभित्र देखिएको पछिल्लो यो निर्णायक विवाद समाधानका लागि भएको ४५ मिनेटको संवाद तथा वार्तामा सहमति नजुटेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस