आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

आजको मौसम : यी स्थानमा हिमपात र वर्षाको सम्भावना

२०८२ माघ १०, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) १९५४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१० माघ । बिबियु

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

यसको कारण सुदूरपश्चिमलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बदली छ। साथै हाल सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

शनिबार गण्डकी प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस