आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

तिप्लिङका मतदातासँग भण्डारी स् विकास र समृद्धिको प्रतिबद्धता

२०८२ फागुन १२, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१२ फागुन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–२ का उम्मेदवार राम बहादुर भण्डारीले जनताको जीवन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शोमबार धादिङको रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ र २ (साविक तिप्लिङ)का नागरिक तथा मतदातासँग भेटघाटका क्रममा यस्तो बताउनु भएको हो ।

घरदैलो तथा भेटघाटका क्रममा आसन्न निर्वाचनको लागी धादिङ क्षेत्र न.ं २ का प्रत्येक्ष तर्फका उम्मेदवार भण्डारीले ऐन, कानुन तथा नीति निर्माणमा जनमैत्री भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो। नेता भण्डारीले विकास पूर्वाधारलाई प्राथमिकता दिँदै सडक सञ्जाल विस्तार, टेलिफोन तथा सञ्चार सेवा सुधार, हाइड्रो परियोजना प्रवर्दन र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिने धारणा राख्नु भयो।

आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर गएपछी किसानको हितमा लक्षित कार्यक्रम सञ्चालन,चौरी खर्क व्यवस्थापनका नमुना योजना कार्यान्वयन तथा स्थानीय कला–संस्कृति संरक्षणका लागि सांस्कृतिक सङ्ग्रहालय, धार्मिक क्षेत्रको बिकास संरक्षणमा विशेष योजना बनाउने कुरा स्पष्ट पार्नु भयो ।

विकास निर्वाणमा काम गर्नको लागी तिप्लिङ निवासी जनसमुदायको एक साथ एउटै मत तारा चिन्हमा भोट खसाली विजयी गराई दिनु हुन उम्मेदवार भण्डारीले अनुरोध समेत व्यक्त गर्नु भएको थियो ।

सोही क्रममा स्थानीय मतदाताहरूले भण्डारीका प्रतिबद्धता संकल्प तथा योजनालाई सकारात्मक रूपमा लिँदै समर्थन जनाएका पनि उम्मेदवार भण्डारीको दावी छ। जनतादवारा निर्वाचित नेताले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत हुन र समग्र क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस