आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

जाली नोटको पहिचानको लागी धादिङमा सचेतना कार्यक्रम

२०८२ फागुन १२, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


भगवती भण्डारी उपती (बिबियु)
नारी वाटिका संवाददाता

धादिङ १२ फागुन

नेपाली बजारमा जाली नोटको कारोबार भेटिने गरेकोले यसबाट सचेत रहन नेपाल राष्ट्र बैंकले सचेतना कार्यक्रम गरेको छ । केही ठगी मनोवृति बोकेका व्यक्तिहरुले सर्वसाधारणलाई झुक्याएर जाली नोटको कारोबार गर्ने गरेको यसअघि पनि पाईएको थियो ।

तर पछिल्लो समयमा भने बजारमा नक्कली नोटका कारोबारीहरु बढेको अवस्था देखिएकोले यसबाट सतर्कता अपनाउन सम्वन्धित जिल्लाका बाणिँज्य बैंकको व्यवस्थापनमा शोमबार धादिङवेशीमा नेपाल राष्ट्र बैंकले सचेतनामुलक कार्यक्रम संन्चालन गरेको हो ।

उक्त सचेतना कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप निर्देशक कुशल श्रेष्ठले प्रस्तुतीकरण गर्नु भएको थियो । बैंक होस वा वित्तिय तथा सहकारी संस्था,पसल व्यवशायहरुमा कोही कसैले जाली नोटको कारोबार गरेको भेटिएमा सो को पहिचान गरी सम्वन्धित निकायमा जानकारी दिन र अनुसन्धानको लागी सघाउन पनि उप निर्देशक श्रेष्ठले अनुरोध गर्नु भयो ।

शंकास्पद तथा जाली मुद्राको पहिचान, अभिलेखन, नियन्त्रण र कारवाही प्रक्रियालाई व्यवस्थित गर्न आवश्यकता देखिएकोले  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उप(दफा ९२० ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले  विनियम बनाएको छ ।

सचेतना कार्यक्रममा राष्ट्र बैँकका प्रतिनिधि रेशम वहादुर  बाल्चौंडाले अन्य समयमा भन्दा विशेषगरी निर्वाचनको गतिविधि सहित विभिन्न अवसरमा हुने ठूलो आर्थिक कारोबारलाई मौका छोप्दै गैह्रकानुनी कार्य हुन सक्ने भन्दै नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले धादिङका सरोकारवालाहरुलाई सोमबार  जाली नोट पहिचान सम्बन्धि सचेतनामूलक कार्यक्रम’ गरेको हो ।

उक्त कार्यक्रममा वित्तीय चेतनाका लागि जाली नोटबाट सजग बनौं, सुरक्षित कारोबार गरौं,जाली नोट थाहा पाऔँ भन्ने मुख्य उदेस्यका साथ

” १. नोट हेरेर
२. नोट छामेर
३. नोट ढल्काएर र
४. ग्ख् प्रकाशमा परीक्षण गरेर मात्र स्वीकार गरौं “।

कार्यक्रममा दृश्र्य तथा चित्र लगायतको सामाग्रीसहितको सहजीकरण गरिएको थियो । कार्यक्रम व्यवस्थापनमा राष्ट्रीय बाँणिज्य बैंक धादिङ शाखाका प्रवन्धक दिपक निरौलाको सहयोगमा सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस