आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

निर्वाचनमा खटिएकाा कर्मचारी बोकेको गाडी रामेछापमा दुर्घटना

२०८२ फागुन १८, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


चुनाव आउन ३ दिन बाँकी

नारी वाटिका संवाददाता
रामेछाप -१८ फागुन ।

आसन्न निर्वाचनमा खटिएका कर्मचारी तथा निर्वाचन सामग्रीसहित लिएर गएको गाडी रामेछापमा दुर्घटना भएको छ ।

शोमबार रामेछाप नगरपालिका २ देउरालीको शीतलादेवी मावि र वडा नं ३ साँघुटारको वडा कार्यालय मतदान केन्द्रको निर्वाचन सामाग्रीसहित खटिएर गएका कर्माचारी बोकेको निसान कम्पनीको गाडी दुर्घटनामा परेको हो ।

उक्त गाडीमा रामेछापको देउरालीस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर गाडी ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले बताएका छन् ।

दुर्घटना भएको गाडीमा कति मानिस सवार थिए भन्ने खुल्न बाँकी नै छ । गाडी भिरबाट खसेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार दुर्घटनामा केही मानिसहरु हताहत भएको आशंका गरिएको भए पनि प्रहरीले त्यस बारे विस्तृत बताएको छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस