
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२० फागुन ।
निर्वाचन आयोगले भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ फागुन २१ मा हुन गैरहेको आसन्न निर्वाचनमा पुरा गर्नुपर्ने सम्पुर्ण कार्य तयारी भएको बताउनु भयो । निर्वाचनका कार्य सहज र सान्तीपुर्ण तवरमा सम्पन्न गर्न केन्द्रिय तहमा हुनु पर्ने सम्पूर्ण तयारीहरी पुरा भइसकेका जानकारी दिनु भएको हो ।
पछिल्लो जानकारी अनुसार निर्वाचनका लागी देशभरका कर्मचारी तथा सुरक्षाकर्मीहरु गरी २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका बताइएको छ । मतदान केन्द्रमा पुगेर मतदान अधिकृत तथा कर्मचारीहरुले सूचना टाँस गर्नेदेखि आवश्यक सबै प्रशासनिक तयारीहरु गरिरहेका छन्।
आयोगका प्रवक्ता भट्टराईले स्थानीय स्तरमा जिल्ला मुख्य निर्वाचन प्रमुखको संयोजत्वमा सबै राजनीतिक दलहरू र उम्मेदवारहरूसँग सर्वदलीय बैठक बसी मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस