आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

होली खेल्नेक्रममा धनगढीमा दुई समूहबीच झडप, ६ राउन्ड हवाई फायर

२०८२ फागुन २०, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
कैलाली -२० फागुन ।

कैलालीको धनगढीमा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ । दुई समुहबिचमा झडप हुंदा हुँदा अवस्था तनावग्रस्त बनेपछी प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायरसमेत गर्नु परेको हो ।

झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नु परेको थियो । घटनामा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन् । दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार होली खेल्ने क्रममा केही व्यक्तिहरूले मदिरा सेवन गरी सामान्य विवाद चर्किँदै जाँदा झडप सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । झडपका क्रममा जिल्ला प्रहरी कार्यलय कैलालीका एसपी चन्द चढेको गाडीमा समेत ढुङ्गामुढा प्रहार भएको थियो।

घटनामा एसपी चन्द चढेको गाडीमा पनि क्षेति पुगेको छ । घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस