
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादि- ३ चैत ।
ललितपुरको हरिसिद्धि स्थितमा संन्चालित श्रीराम ग्यास उद्योगले लुकाई राखेको ठूलो सङ्ख्यामा भरी ग्यास सिलिन्डर फेला पारेको छ। शोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलिले अनुगमन गर्ने क्रममा उक्त गोदाममा ६ हजार ३७७ वटा भरी राखेको ग्यास सिलिन्डर भेटिएको हो।
विभागका अनुसार उक्त उद्योगमा १४.२ किलो तौलका ग्यास सिलिन्डर कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरिएको आशङ्कामा बरामद गरेको छ । हाल मध्यपुर्वमा भैरहेको युद्धका कारण बजारमा ग्याँसको चरम अभाव भैइरहेको समयमा यसरी लुकाई भण्डारण गर्ने काम भएकोले विभागले उक्त उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
साथै, फेला परेका ग्यास सिलिन्डरहरूलाई नेपाल आयल निगमको समन्वयमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ। विभागले बजारमा ग्यासको माग धेरै भएको समयमा अनावश्यक भण्डारण नगरी वितरण प्रक्रिया सहज बनाउन सम्बन्धित उद्योगलाई भनेको छ।








प्रतिक्रिया दिनुहोस