आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

डाइनेस्टी एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घघना

२०८२ चैत्र ४, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु,४ नारी वाटिका संवाददाता

धादिङ -४ चैत ।

खोटाङमा डाइनेस्टी एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। कोपिलासगढी गाउँपालिका २,बालावेसीमा कल साइन नम्बर ‘९ एनएफक्यू हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भई बारीको कान्लामा ठोकिएर दुर्घटनामा परेको हो।

उक्त हेलिकप्टरमा बेलायतबाट फर्किएका परिवार सवार रहेको प्रहरीले जनाएको छ। बेलायती सेनाबाट अवकास भएका डाकमनी राईकी पत्नी मनलक्षीको निधन भएपछि उनका परिवार मृतक मनलक्षीको शव गाडीमा पठाएर अन्तिम संस्कारका लागि हेलिकप्टरमा थातथलो फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार दुर्घटनामा परी काजीबहादुर राई घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउन एयर डाइनेस्टीकै अर्को हेलिकोप्टर घटनास्थल पुगेर उद्धार गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस