आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

चितुवाले गाउँमै पसेर हुम्लामा ४५ वटा भेडा मारी दियो

२०८२ चैत्र १०, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

हुम्ला १० चैत ।

हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्रै चितुवा पसेर किसानको ४५ वटा भेडा मारेको छ। उक्त बस्तीको  पोरीगाउँ क्षेत्रमा आइतबार राति चितुवाले स्थानीय रतन तामाङको गोठभित्रै पसेर राखिएका सबै भेडा मारिदिएको हो ।

स्थानीयले जनाए अनुसार वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि यसरी गाउँ बस्तीमै पसेर चितुवाले आक्रमण गरेकोले उक्त क्षेत्रका किसानहरु चिन्तामा डुबेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस