आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

इरानी ग्यास पाइपलाइन पूर्वाधारमा आक्रमण

२०८२ चैत्र १०, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणबाट इरानका दुई ग्यास सुविधा र पाइपलाइनमा आक्रमण भएका छन् ।

इरानी मिडियाहरुले जनाए अनुसार मध्य इरानमा रहेका ग्यास प्रशासन भवन र इस्फहानको काभेह स्ट्रिटमा रहेको ग्यास प्रेशर रेगुलेसन स्टेसनमा आक्रमण हुंदा सो क्षेत्र क्षतिग्रस्त भएको जनाएको छ ।

इरानको दक्षिणपश्चिममा रहेको खोर्रमशहर पावर प्लान्टको ग्यास पाइपलाइन पनि आक्रमणको निशानामा परेको बताइएको छ । तर, स्थानीय सरकारले ग्यास पाइपलाइनको पूर्वाधारमा सामान्य रूपमा सञ्चालनमा रहेको र ग्यास आपूर्तिमा अवरोध नभएको भनेर बताएका छन् ।

यस घटनालाई इरानी संन्चार माध्यमले ‘जियोनिस्ट र अमेरिकी शत्रुले गरेको आक्रमणको हिस्सा’ भनेको फार्सले बताएको छ । साथै यसअघि पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित उर्जा पूर्वाधारमा आक्रमण गर्ने धम्की दिँदै आएका थिए ।

तर सोमबार मात्रै ट्रम्पले सकारात्मक प्रतिक्रिया दिएर ‘सबै कुरा धेरै राम्रो भइरहेकोले पाँच दिनका लागी युद्ध स्थगित गरिएको बताएका थिए । यद्यपि इरानी मिडियाले भने युद्ध अन्त्य वा वार्ताको कुनै सङ्केत नभएको उल्लेख गरेको छ ।

यस घटनाको सम्वन्धमा विशेषज्ञहरूले यस आक्रमणलाई क्षेत्रीय तनाव र ऊर्जा सुरक्षा जोखिमको सङ्केतका रूपमा हेरिएको छ । अमेरिकी–इजरायली कदमले इरानको रणनीतिक ग्यास आपूर्ति र पावर प्लान्टहरूमाथि दबाब गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस