आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

सरकारले लुकाएको जेनजी आन्दोलन प्रतिवेदन मिडियामा छरपष्ट

२०८२ चैत्र १२, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१२ चैत ।

गत भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगको प्रतिवेदन बुधबार मिडियामा छरपष्ट भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको पनि लामो समय भैसक्दापनि सरकारले सार्वजनिक नगरी लुकाएरै राखेको अवस्था थियो ।

तर बुधबार एक्कासी जनआस्था पत्रिकलगायतका मिडियामा छरपष्ट भएपछी सरकार दंग परेको छ । सरकारले उक्त प्रतिवेदन नागरिक सामु ल्याउनु अघिनै सार्वजनिक भएपछी आज वाध्य भएरप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज (प्रतिवेदन) हरु सार्वजनिक गर्न लाग्नु भएको हो ।
गत

सरकारको तर्फबाट बिहिबार सार्वजनिक गर्न लागिएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरिएको हो।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नु भएको स्रोतले बताएको छ । तर उक्त प्रतिवेदनको सम्पुर्ण भाव र सरकारले गर्नुपर्ने न्याय दिलाउने जिम्मेवारीसहित मिडियाम सार्वजनिक भइसकेको अवस्था छ।

यससंगै चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय भएको  छ ।

यस मार्गचित्रलाई पनि  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै सार्वजनिक गर्ने तयारी रहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस