
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -१२ चैत ।
आज चैते दसैँ हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दू धर्म अनुसार आज आफ्नो घर तथा शक्तिपीठहरूमा गई दुर्गा भवानीको पूजाआरधना गरी चैते दशैं मनाइने गरिन्छ ।
प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुधर्मालम्विहरूले दसैँका रुपमा मनाउँछन्। चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गरीन्छ ।
श्रृष्टीकर्ता वर्मा,विष्णु महेश्वरले पनि भगवती शक्तिको आरधना गर्ने देवीले असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन्। असोजमा मनाइने दसैँलाई ‘बडादशैं’भनिन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैँलाई ‘चैते दसैँ’ भनिएको हो।
तर यस चैते दशैंमा पनि देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। आजको दिन दसैँघर तथा कोतहरूमा महाकालीको पूजा गरिन्छ। आज काठमाडौंको भद्रकाली, शोभा भगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवती तथा गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीको पुजा आरधना गरिन्छ ।
यसका साथै आजको दिन विशेष रुपमा बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका देवीका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।








प्रतिक्रिया दिनुहोस