आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

इनिशा हत्या प्रकरण प्रतिवेदन आइतबार अदालतमा पेश गर्ने तयारी

२०८२ चैत्र १२, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुर्खेत – १२ चैत।

सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विक हत्या सम्वन्धि फाइल अदालत प्रवेश गर्ने भएको छ ।

उक्त घटना प्रकरणमा प्रहरीले दुई सातासम्मको लामो अनुसन्धान सकेर बुधबार सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको छ । यसपछी प्रहरीले बुझाएको प्रतिवेदनमाथी जिल्ला सरकारी वकीलको कार्यालयले अध्ययन गरिरहेको छ ।

त्यसपछि जिल्ला सरकारी वकीलले अभियोगपत्र अदालतमा पेश गर्नेछन् । प्रहरीको लामो अनुसन्धानपछी इनिशाका प्रेमी अनमोल गौलीसहितमा अन्य तीन जनालाई कर्तव्य ज्यान र जवरजस्तीकरणीमा मुद्दा चलाउन भनिएको छ ।

प्रहरीका अनुसार इनिशाको सामूहिक बलात्कार नभएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । घटनापछी उनको अत्याधिक रक्तश्राव भइ मृत्यु भएको प्रहरीको निष्कर्ष छ ।

फागुन २३ गते बिहान ट्युसन पढ्न भनेर निस्किएकी इनिशा घरबाट निस्किएको दुई घण्टापछि वीरेन्द्रनगर नजिकैको सामूदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । तत्काल उनलाई अस्पताल पुगाएपनि उनको मृत्यु भएको थियो । अझैसम्म इनिशाको परिवारले सामुहिक बलात्कारपछि हत्या गरिएको भन्दै शव बुझ्न मानेका छैनन् ।

प्रहरीले मुख्य अभियुक्त इनिशाकै प्रेमी विरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैद र बाँकी तीन जनाविरुद्ध घटनास्थलमा भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउनु पर्ने माग दावी गरेको छ । ‘

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस