
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१६ चैत ।
बालेन सरकारले लोकतान्त्रिक आन्दोलनपछिका सरकारको नेतृत्व गर्दै आएका सबै दलका ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ पुर्जी जारी गर्ने भएको छ । बालेन शाहले प्रधानमन्त्री बनेलगतै एक साता पनि नवित्दै यस्तो निर्णय लिएको हो ।
प्रधानमन्त्री कै आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीं मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न लागिएको ।
त्यसैगरी मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेताहरुको पनि सम्पत्ति छानबिन गरिने भएको छ । प्रहरी प्रधान कार्यालयका एक स्रोतका प्रधानमन्त्रीको आदेश अनुसार नै पूर्व ६ जना प्रधानमन्त्रीसहित २३ जना उच्चपदस्थमा रहेका व्यत्तिहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान का लागी भन्दै पक्राउ पुर्जी जारी गर्ने तयारी छ ।
स्रोतका अनृुसार पूर्वप्रधानमन्त्री र उनीहरूका आफन्तहरूको समेत सम्पत्ति छानबिन गर्न छिटोभन्दा छिटो पक्राउ गर्ने’ बताईएको छ ।
यसका लागी प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षक तथा प्रहरीका उच्च अधिकारीहरूलाई कडा निर्देशन दिँदै छिटोभन्दा छिटो सबैजना पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाउन दबाबको साथ निर्देशन दिएको बताईएको छ ।
प्रधानमन्त्रीको दबाव र निर्देशन अनुसार सीआईबीले अदालतबाट पक्राउ पुर्जी लिनका लागि आवश्यक कागजी प्रक्रिया अघि बढाइएको छ । स्रोतका अनुसार, प्रारम्भिक चरणमै करिब २३ जना प्रभावशाली नेता तथा व्यक्तिविरुद्ध पक्राउ गर्न अनुमति लिने तयारी भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस