
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१५ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । यसकै प्रभावले आज देशभर सामान्यदेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ ।
त्यस्तै आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ साथै बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
आईतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भागमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। महाशाखाका अनुसार तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।












प्रतिक्रिया दिनुहोस