
नारी बाटिका
बिबिय,नारी वाटिका संवाददाता
धादिङ -१८ चैत ।
नेपाल आयल निगमले हवाई इन्धनको मुल्यमा एकै पटकमा भारी वृद्धि गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो।
विज्ञप्तिमा भनेको छ,भारतबाट नयाँ मूल्यसूची आएकोले सोही अनुसार नेपालमा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाएको जनाएको छ।
यस्तै अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन पोइन् (न नाफा, न घाटा) मा बिक्री मूल्य कायम गरिएको बताएको छ। निगमले भनेको छ ,अर्को मूल्य समायोजन नहुन्जेलका लागि पेट्रोल, डिजेल,मट्टीतेल र एलपी ग्यासको साविक खुद्रा मूल्यलाई नै यथावत राखिएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा, डिजलमा प्रतिलिटर ९४.९३ रुपैयाँ, हवाई इन्धनमा प्रति लिटर १२३. ८ र एलपी ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस