आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्रीद्वारा तीन अध्यादेश पेश

२०८२ चैत्र १९, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१९ चैत ।

आज बसेको प्रतिनिधिसभाको पहिलो बैठक मै गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेश गरेका छन्।

२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट चयन भएर आएका संघीय साँसदहरुको यो पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखेलगतै गृह्रमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका हुन्।

नेपालको संविधानको धारा ८४ को उपधारा ९२० बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको हो।

दोस्रो राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयबाट गृह मन्त्रालयको मातहतमा राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको छ ।

बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतवार बिहान ११स्०० बजे बस्ने कार्यसुचि छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस