आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

धादिङवेशीको थोपल खोला बगरमा बालिका सृष्टी तामाङको शव फेला

२०८३ अषाढ २८, आईतबार मा प्रकाशित ( २ महिना अघि) ५७९८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२८ असार ।

धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित थोपल खोलामा अन्दाजी १३ वर्षीया एक बालिकाको शव भेटिएको छ।

धादिङ वेशीस्थित सितलबजार भन्दा करिव पचास मिटरको दुरीमा अवस्थित थोपल खोलाको बगरमा आईतबार दिउँसो सृष्टी तामाङ नाम गरेकी बालिकाको शव फेला परेको हो ।

बालिकाको मृत्युको बारेमा हाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीयवासीको भनाई अनुसार निज बालिका पिकनिक खान गएको बेला उक्त घटना भएको भन्ने भनाई छ ।

प्रारम्भीक जानकारी अनुसार उनी निलकण्ठ नगरपालिका वडा न.ं १२ स्थित दामगाडे माद्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत रहेको पाईएको छ ।

बालिका निलकण्ठ नगरपालिका १२ सांकोषमा आफुनो परिवारको साथमा बस्दै आएकी थिइन् वा आफन्तको साथमा बस्थिन् भन्ने एकिन खुल्न बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस