
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१४ कात्तिक ।
हाल नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ तथा पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। तिन दिनदेखी देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लगातारको वर्षाको कारण देशका विभिन्न भूभागमा रहेका साना तथा ठुला नदीहरुमा केही मात्रामा पानीको बहाब पनि बढेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ भने आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षासहितको हिमपात हुने सम्भावना रहेको जनाएको छ।
शनिबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ ।
सुदूरपश्चिममा साधारणतया बादल लाग्ने, कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थान,गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यर्सगरी,लुम्बिनी र सुदूरपश्चिमको तराई भेगको थोरै स्थानमा हल्का वर्षा हुनेछ भने राति देशभर साधारणतया बादल लाग्ने र हिमाली भुभागका थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपात हुन,कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा हुने विभागले जनाएको छ।
आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुने विभागले बताएको छ।












प्रतिक्रिया दिनुहोस