आज: २०८३ मंसिर ५, शुक्रबार | Fri, 20, Nov, 2026

आज ‘हरिबोधिनी एकादशी’ भगवान विष्णुको प्रतिक तुलसी विवाह गरी मनाईँदै हरीशयनी एकादशी

२०८३ मंसिर ५, शुक्रबार मा प्रकाशित ( ४0 सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -४ मंसिर ।

आज ‘हरिबोधिनी एकादशी’ (ठूलो एकादशी) हो। भगवान विष्णुको प्रतिकका रुपमा तुलसी विवाह गरी तथा फलाहार खाएर यस पर्व मनाईँदैछ ।

आजभन्दा चार महिनाअघि असार हरीशयनी एकादशीका दिन सारिएको तुलसीको बिरुवालाई चार महिनासम्म पुजाआजा गरी हुर्काइएको हुन्छ । सोही बिरुवालार्य आज विधिपुर्वक तुलसी विवाह तथा (प्रचिष्ठा) गरिने परमपरा छ ।

आषाढ शुक्ल एकादशीका दिन नेपालीको घरघरमा रोपिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर विष्णु (दामोदर तथा शालिग्राम) सँग संग तुलसीको विवाह गरिन्छ। तुलसीको मठनजिकै भगवान् विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गर्ने परमपरा छ।

धार्मिक मान्यता अनुसार पतिब्रता नारी वृन्दाले दिएको श्राप लागेपछी त्यही श्राप मोक्षका लागी पृथ्वीमा झरेर हरिशयनी एकादशीदेखि सुत्नुभएका भगवान् विष्णु आजकै दिन असार शुक्ल एकादशीका दिनदेखी चार महिनासम्म पृथ्वीमा शयन (निन्द्रा)मा पर्नुहुनेछ र आजको ‘हरिबोधिनी एकादशी’मा उहाँ जागा भई ब्युँझनुहुने धार्मिक विश्वास छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑