आज:  | Tue, 30, Apr, 2024

आजदेखि चार दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम

२१ पुष २०७८, बुधबार १०:०४ मा प्रकाशित ( २ साल अघि) ५७८ पाठक संख्या
नारी बाटिका


धादिङ ।
आजदेखि चार दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना निकै कम भएको मौसमविद्ले बताएका छन् । नेपालको पश्चिमी भूभागबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले शनिबारसम्म देशका धेरैजसो ठाउँमा बादल लाग्ने तथा केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यसकै प्रभावले रातिदेखि नै देशका धेरै ठाउँमा बादल लागेको छ । यो प्रणाली पश्चिमबाट पूर्व सर्ने क्रममा रहेकाले आज सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुनुका साथै एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै रातिदेखि पानी पर्ने क्रम विस्तारै बढ्दै जाने पनि उहाँले बताउनुभयो । भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भेगमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविद् श्रेष्ठको अनुमान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस