धादिङ ।
धादिङमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ७८ एण्टिजेन परिक्षण गरिएकोमा धादिङ अस्पतालमा १५, नीलकण्ठ नगरपालिकामा ११, धुनिबेशीमा ६, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ५÷५ जना र गजुरीमा ४ जना गरी ४६ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सहित हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २४ पुगेको छ । संक्रमित मध्ये ६ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् ।
धादिङमा कोरोना संक्रमण दर ५८ दशमलब ९ प्रतिशत पुगेको छ आज ३६ संक्रमित संक्रमण मुक्त भएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या १० हजार ७५ पुगेको छ । संक्रमित मध्ये ८ हजार ३९० निको भईसकेका छन् भने संक्रमणबाट ८० जनाले ज्यान गुमाइसकेका छन् ।












प्रतिक्रिया दिनुहोस