
धादिङ – धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मझुवाबेशीमा सडक खन्ने क्रममा माथी बाट डुङ्गा खसेर जेसिबी पुरिदा चालकको मृत्यु भएको छ । मझुवाबेशी स्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट सुख्खा ढुङ्गा सहितको पहिखसेर जेसिबि पुरिँदा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मृत्यु भएको हो ।
जेसिबि पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको र घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस