
काठमाण्डौं – काठमाण्डौंको बानेश्वरमा एमसीसीको विरोधमा उत्रिएका प्रर्दशकारी माथि पानीको फोहोरा प्रयोग भएको छ । सो क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् ।
विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका हुन्। काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मिनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन् ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । त्यस्तै अन्य साना दलहरु माइतीघरमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस