
धादिङ –धादिङको खनियाबास गाउँपालिका ४ किन्ताङफेदी बाट रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सेर्तुङ बोराङबाट धादिङबेसी तर्फ आउदै गरेको ना १ ज २७७१ नं. को बोलेरो गाडी चेकजाँच गर्ने क्रममा रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा ४० (चालिस) केजी सहित ४ जना महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रुवीभ्याली गाउँपालिका ४ की २७ वर्षीय मनिमाया तामाङ, सोही ठाउँकी ३९ वर्षीय अस्मिता तामाङ, ४१ वर्षीय फुलमाया तामाङ र २० वर्षीय रिमा तामाङ रहेका छन् ।
पक्राउ गरिएको महिलाहरुलाइ आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ मार्फत डिभिजन वन कार्यालय धादिङबेसीमा बुझाइएको प्रहरीले जनाएको छ ।
फोटोःधादिङ पोष्ट












प्रतिक्रिया दिनुहोस