
धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले आज राति देखि मदिरा बिक्री र सेवन गर्न रोक लगाएको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै राति १२ बजे देखि बैशाख ३१ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवन गर्न नपाईने जनाएको हो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासनले जनाएको हो ।
मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।
यदि नियम विपरित क्रियाकलाप गरेको पाईएमा प्रचलित कानुन बमोजिम विक्रेतालाई समेत कारवाही गरिने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस