आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

महिला कर्मचारीले सुत्केरी बिदा ९८ दिन लिन पाउने व्यवस्था गर्न आग्रह

२०७९ जेष्ठ २५, बुधबार मा प्रकाशित ( ३ साल अघि) ४५५० पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – महिला कर्मचारीलाई ९८ दिन तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज बुधवार सूचना निकालेर महिला कर्मचारीले नियमअनुसार पाउनुपर्ने बिदा नपाएको गुनासो आएको भन्दै बिदाको व्यवस्था कडाइका साथ पालना गर्न भनेको हो ।

मन्त्रालयलले निकालेको सूचनामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी सङ्घ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ रहेको उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस