
धादिङ – धादिङको धुनिवेशी नगरपालिकामा किसानहरुले मल कब्जा गरेका छन् । काठमाडौँ भित्रिदै गरेको डिएपी, युरिया मलको ट्रक कब्जा गरेर मल लगेका हुन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगिएको बताइएको छ ।
अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् ।
राजस्व छलेर ल्याएको मल किसानले कब्जा गरेको भनिएपनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानले मल कब्जा गरेका हुन् । किसानले मल कब्जा गर्ने क्रममा प्रहरीले भिड तितरवितर गर्न लाठी चार्ज गरेको छ ।












प्रतिक्रिया दिनुहोस