
धादिङ – धादिङ अस्पतालमा डायलाइसिस सेवा आज देखि सुरु भएको छ । डा.दिनेश रेग्मीको टोली र तालिमप्राप्त नर्स अस्मिता भुषालको टोलीले मृगौलाका बिरामी त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका पदम बहादुर थपलियाको डाएलाइसिस गराउन सफल भएको हो ।
साउन २२ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङ अस्पतालमा डाएलाइसिस सेवाको सुभारम्भ गर्नुभएको थियो । पछिल्लो समय धादिङमा पनि मृगौलाको बिरामीहरु बढेको र जिल्लामा डाएलाइसिस सेवा नहुदा काठमाडौँ, चितवन लगायतका ठाउँमा धाउनुपर्ने बाध्यता रहेको थियो ।
अस्पतालले ४ वटा डाइलायसिस उपकरण सहित हाल हेमो डाइलायसिस सेवा सुरु गरेको हो । अहिले जिल्लामै उक्त सेवा सुभारम्भ भएपछि डाएलाइसिस गराउनुपर्ने बिरामीहरुलाई सहज भएको छ ।












प्रतिक्रिया दिनुहोस