आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीको सजाय मिनाहा

२०७९ आश्विन ३, सोमबार मा प्रकाशित ( ३ साल अघि) २६८७ पटक पढिएको
नारी बाटिका


धादिङ – संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । विभिन्न कसुरमा कारागारमा सजाँय भुक्तान गरिरहेका १४ जना कैदिबन्दीहरुको सरकारले कैद सजाय मिनाहा गरिदिएको हो ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरुको बाँकी कैद र सजाय सरकारले मिनाहा गरेको जिल्ला कारागार धादिङका प्रखुम नइन्द्र पौडेलले जानकारी दिनुभयो । हरेक वर्ष राष्ट्रपति द्वारा संविधान दिवसको अवसरमा कैदिबन्दिको सजाय माफ गरिदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस