आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

आज नवरात्रको छैठौंँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

२०७९ आश्विन १५, शनिबार मा प्रकाशित ( ३ साल अघि) ६६५८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – बडादसैँ अन्तर्गत नवरात्रको आज छैठौं दिन, दुर्गा भवानीका नौ रुपमध्य छैठौंं रुप कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदैछ । बडादसैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक–फरक रूपहरूको पूजा गर्ने परम्परा छ ।

कात्यायनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ । यज्ञ रक्षा र देवताहरूको कार्य सिद्धिका लागि महर्षि कात्यायनको आफ्नो आश्रममा प्रकट भएकी कन्यालाई छोरी बनाएकाले ती देवीको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिएको छ ।

त्यसकारण महर्षि कात्यायनको छोरीका रुपमा कात्यायनी माताले जन्म लिएको विश्वास गरिन्छ । आश्विन कृष्ण चतुर्दशीमा जन्म लिएर उहाँले विजया दशमीका दिन महिषासुर नामक दैत्यको वध गर्नुभएको थियो ।शिरमा अर्धचन्द्र धारण गरेर, नाना प्रकारका आभूषणबाट सुशोभित, चार हातमा पद्म, पुष्प तथा तरबार धारण गरेको स्वरूपमा कात्यायनी देवीलाई लिइन्छ ।

आज बिहानैदेखि काठमाडौं उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा उनै देवीको आराधनाका लागि भक्तजनहरूको घुँइचो लागेको छ । त्यसैगरी नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस