
नारी बाटिका
धादिङ– कात्तिक एक गतेदेखि सात गतेसम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । धादिङ जिल्ला क्रिकेट संघले आइतबार पत्रकार सम्ममेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी हुँदैछन् । खेल तालिका अनुसार चार÷चार टिम राखेर दुई समुहमा खेल हुनेछ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगितामा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ओपनिङ खेल खेल्ने भएका छन् ।
चाडपर्वको समयमा विभिन्न क्लवहरुले स्थानीय स्तरमा फाट्ट फुट्ट क्रिकेट प्रतियोगीता गर्दै आएकोमा पछिल्ला दिनहरुमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता समेत हुन थालेको छ । विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिने थालिएको छ भने गाउँपालिकाहरुले पनि प्रतियोगिता नै आयोजना गर्न थालेका छन् । धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो
स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्ने गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताउनुभयो । खेल्ने र देखाउने अवसर नपाएर कतिपय प्रतिभाहरु गाउँ गाउँमै लुकेको हुनाले त्यसैलाइ उजागर गर्नको निम्ति क्रिकेट प्रतियोगीता आयोजना गरिएको कँडेलको भनाई छ ।
खेलाडीको लागि खेल्ने ठाउँ बनाउन र खेलकुदमा लागेका खेलाडीको आवश्यकता पुरा गर्न गाउँपालिका सदैब तयार रहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस