

काठमाण्डौ, २०७९ मंसिर २८
कप्तान लियोनल मेसी प्रेरित अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसिया माथि ३–० को सानको साथ जित निकाल्दै विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलले पाएको सर्वकालीन महान मध्येका एक खेलाडी ३५ वर्षीय मेसी पाँचौँ पटकको प्रयासमा विश्वकपको उपाधि जितेर आफ्नो करिअरलाई उच्च बनाउन चाहन्छन् ।
जस अनुसार उनले यतिवेला कतारमा भइरहेको २२औं संस्करणको प्रदर्शन पनि गरिरहेका छन् । चार वर्षअघिको उपविजेता क्रोएसिया विरुद्ध मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । त्यस पछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुग्ने अवशरमा पुर्याएका हुन् ।












प्रतिक्रिया दिनुहोस