
नारी बाटिका

धादिङ्ग पुस २७
आज राष्ट्रनिर्माता पृथ्वीनारायण ३०१ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाईदै छ । यसै अवशरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको माग अनुसार भनौ तथा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना र ३०१ औं जन्मजयन्तीको अवसरमा आज सरकारले देशभरका सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको हो ।
विसं १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित रहेको थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वी नारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडा सम्म नेपालको राज्यलाई विस्तार गरेको इतिहासमा उल्लेख गरिएको छ ।
पृथ्वी नारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वी नारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउदै लैजानु भएको थियो ।
सबै जातजाति, भाषा भाषीको सल्लाह र सहयोग लिएर नेपाल एकीकरणको ईतिहाँस रचेका पृथ्वी नारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।








प्रतिक्रिया दिनुहोस