आज: २०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

अन्जन स्मृति कप–२०८० को उपविजेता बनेको गजुरीका खेलाडीलाई नगद सहित सम्मान

२०८० आश्विन १६, मंगलबार मा प्रकाशित ( २ साल अघि) ११६६५ पटक पढिएको
नारी बाटिका


तस्वीर : अनलाईन साभार

धादिङ, १६ असोज ।

अन्जन स्मृति कप–२०८० को उपविजेता बनेको गजुरी धादिङका खेलाडीलाई गजुरी गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गरेको छ ,अन्जन स्मृति कप–२०८० को उपविजेता बनेको गजुरी समाज धादिङका खेलाडीहरुलाई शोमबार गाउँपालिकाले हौसल्ला स्वरुप नगद पुरस्कार सहित सम्मान गरेको हो ।

मझिम्टार खेलमैदान स्थित बेनीघाट रोराङ गाउँपालिकामा भएको प्रथम अन्जन स्मृति कप –२०८० को खेलमा उपविजेता बन्न सफल गजुरीका खेलाडीहरुलाई हिजो गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नगद २० हजारको साथमा सम्मान गर्नु भएको थियो ।

यसै वर्षदेखी सुरु गरिएको प्रथम अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिता भने आयोजक भेटेरान समुह, धादिङ मझिमटार विजेता बनेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस